​वायु सेवा यसरी मरिगए बन्दैन

कमाएको हिसाब छैन, तिर्नुपर्ने पैसा सुन्दै कहालिलाग्दो ! नेपाल वायुसेवा निगममा हो, यस्तो भएको । असारको अन्तिमसम्म तिर्नुपर्ने त्रैमासिक किस्ता एक अर्ब १३ करोडका दरले बुझाउन नसक्दा नेपाल वायु सेवा निगम मुख देखाउन नमिल्ने अवस्थामा पुगेको छ । उसले लिएको ऋणको तीन महिने किस्ताबापत सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने रकममध्ये पुसमा ४२ करोड मात्र तिरेको थियो । त्यसपछि चैत र असारका दुई वटा त्रैमासिक किस्ता नतिर्दा व्याज बढेर सावाँमा जोडिन पुगेको हो । यसबीच, एक अर्ब १३ करोड पुगेको हो । उसले सरकारसँग २० अर्ब माग गरेको छ । तर, पाउने सम्भावना छैन । 

जहाजको अकुपेन्सी ८१ प्रतिशत छ । अर्थात्, यात्रुको संख्या सन्तोषजनक र खर्च धान्ने अवस्था छ । तर, त्यो पैसा कहाँ जान्छ ? विभिन्न देशका स्टेशन र एजेन्टबाट तान्नुपर्ने पैसा तानिएको छैन । लोकल भेन्डर र ट्राभल एजेन्सीको पैसा पनि असुलेको देखिँदैन । नेपाल आयल निगमलाई बल्लबल्ल तेलको ६ करोड हिजो निकासा भयो । क्याटरिङ र नागरिक उड्डयन प्राधिकरणलाई तिर्नुपर्ने रोयल्टी पनि बढ्दै छ । विभिन्न एयरलाइन्सको काम हेरिदिएबापत ग्राउण्ड ह्याण्डलिङको साढे तीन देखि चार अर्बसम्म आउँछ । अप्रेसन गरेर नाफा कमाउनुपर्नेमा व्यवस्थापन हेरेर बस्नुपरेको छ । भारतमा जेट एयर बन्द भएपछि त्यसको ठाउँ लिएर दिल्लीमा दिनको तीन उडानसम्म हुन्छ । तर, कमाएको खासै देखिन्न । दश घण्टा लगातार उड्नुपर्ने दुई वटा ठूला जहाज एक घण्टाको दूरीमा सीमित भएपछि संस्था कसरी उक्सियोस् ?

गत वर्ष सबभन्दा बढी यात्रु ल्याउने नेवानि नै हो । सेप्टेम्बरदेखि चीनको व्यापारिक शहर ग्वाङ्झाऊमा यात्रु कार्गो उडानसम्म गर्ने भनिएको छ । अगष्ट २९ देखि जापानको उडान शुरु गर्ने सुरसार छ । नेवानिसँग ५० अर्बभन्दा बढी सम्पत्ति छ । सरकारको लगानीचाहिँ ३८ करोड मात्रै हो । उसले ५६ लाखको दरले नागरिक उड्यन प्राधिकरणलाई पुरानो किस्ता तिर्नु छ, ३३ करोड । ४० किस्ता तिरिसकेको छ । पहिला टाट पल्टँदा सरकारले श्रीलंकन एयरलाई पैसा दिएर उकास्यो । पछि इत्तेहादलाई पार्टनरसीपमा जोडियो । अहिले वायुसेवा निगमको व्यवस्थापनमा जर्मनलाई जोड्न खोजिएको छ । तर, नाफा नभई व्यवस्थापनमात्रै हेर्न को आइदियोस् ! चिनियाँ जहाज ल्याएर थुपारिएको छ । जहाज उड्दैन, पार्टपुर्जाको बिल पेश ग¥यो, पैसा सिध्यायो † यस्तो चाला छ, राष्ट्रिय ध्वजावाहकको ।

टिप्पणीहरू