बोलचालै बन्द, काम पनि मन्द

परिभाषित जिम्मेवारी पूरा गर्न वा कार्यसम्पादन सहजताका लागि हुनुपर्ने हो, मन्त्रालय फुटाउने र जोड्नेजस्ता काम । तर, मन्त्री भर्ती गर्ने, भाग पु¥याउनेजस्ता सोचसाथ नेपालमा मन्त्रालय तोड्ने–जोड्ने, चाहिनेभन्दा बढी सचिव राखिदिनेजस्ता काम हुने गरेको छ । 

केही मन्त्रालयमा कामको चाप व्यवस्थापन र सहज कार्यसम्पादनका नाममा दुई–दुई सचिव राखियो । चार मन्त्रालयका हकमा यस्तो व्यवस्था गरिएको बोलचाल बन्द र खुट्टा तानातान हुने गरी दुई वर्ष ननाघ्दै फेरि सचिवको दरबन्दी घटाउन लागिएको छ । उद्योग तथा आपूर्ति एउटा र बाणिज्यलाई अलग्गै मानेर सचिव राखिएको छ । उद्योग तथा आपूर्ति सचिवमा यामकुमारी खतिवडा र केदार अधिकारी छन् । अब त्यहाँको एउटा दरबन्दी कटौतीमा पर्ने र एकजनामात्र कायम हुने भएपछि हेर्नु छ, दुईमध्ये को शक्तिशाली रहेछन् र त्यहीँ टिक्ने हुन् ? शिक्षामै गाभिएको विज्ञान प्रविधिमा पनि दुई सचिव छन् । सूचना प्रविधि सञ्चारअन्तर्गत गएपछि विज्ञान प्रविधिका कतिपय निकाय छिन्नभिन्न छन् । त्यसैले त्यो मन्त्रालयमा शिक्षा बलियो छ । सिंहदरबार बाहिरको एक मात्र स्वास्थ्य र जनसंख्या पनि एउटै छानामुनि छ । अर्थमा केही वर्ष पहिलादेखि अर्थसचिवसँगै राजश्व सचिवको दरबन्दी कायम हुँदै आएको छ ।

त्यस्तै, केही समय बढुवा रोकेर सिनियर सहसचिवबाट प्रदेशको सचिवमा लैजाने तयारी भइरहेको छ । बढुवा हुन लागेका सहसचिवले प्रदेश सरकारअन्तर्गत केही समय सचिवको भूमिका निभाएपछि मात्रै केन्द्रमा आउन पाइने व्यवस्था मिलाइँदैछ । त्यस्ता सचिवहरुको तलब–सुविधाको हकमा सहसचिव र सचिवबीचको हुने गरी मस्यौदा बनेको छ (पहिलाका अतिरिक्त सचिव भनेजस्तो) ।

अहिले सिनियर व्याचका सबैजसो सचिव रिटायर्ड भएका छन् । गृहसचिव प्रेम राई, अर्थसचिव राजन खनालहरुको टोली बाँकी छ । अर्थमै राजश्व हेर्ने लालशंकर घिमिरे भदौ १० गते घर जाँदै  छन् । म्याद सकिन दुई दिन बाँकी हुँदा प्रधानमन्त्री कार्यालयका सचिव विष्णु लम्साल कमलनारायण प्रधानको ठाउँमा स्टाफ कलेज गए । चर्चा छ अर्थसचिव राजन खनाल अब बित्त आयोगको सदस्य वा वरिष्ठ अध्ययन निर्देशक हुने गरी स्टाफ कलेज जाँदै छन् । ‘मुस्कान पासा’ भनेर चिनिने खुमराज पुञ्जालीको ठाउँमा राजन खनालको सम्भावना रहेको बताइन्छ । स्टाफ कलेजमा सचिवबाट रिटायर्ड भएका विशिष्ट श्रेणीका अधिकृतहरुले ६२ वर्षको उमेरसम्म काम गर्न पाउँछन् । त्यहाँ कार्यकारी निर्देशक पुण्य न्यौपाने छन् । अर्थात्, ५२ वर्षमा जागिरबाट रिटायर्ड भए पनि १० वर्ष थप जागिर पाइन्छ । शनिबार, आइतबार बिदा हुन्छ । 

उता, आज साउन २९ गते जागिरबाट अवकास लिएर घर जाने विज्ञान प्रविधि सचिव कृष्णराज बिसीले घर जानु केही दिनअघिमात्रै एक वर्षको कार्यसम्पादन सम्झौताको फारममा सही गरेका छन् । 

त्यस्तै, लामो समयदेखि संसदीय समितिहरुमा अड्किएर बसेका विधेयकहरु पारितको प्रक्रियामा लैजाने क्रम शुरु भएको छ । संसद सचिवालयमा दर्ता भएर बसेका विभिन्न विधेयकका मस्यौदा (नेपाल मिडिया काउन्सिलसहित) लाई यसै साता विषयगत समितिमा पठाएर छलफल गराउने सहमति जुटेको छ । अब भदौ महिनाभरि वर्षे अधिवेशन चल्छ । त्यसलगत्तै दशैं–तिहार बिदा हुन्छ । र, बाँकी विधेयकहरुलाई तिहारपछि मात्रै निर्णयार्थ सदनमा पेश गरिने भएको छ । त्यसैगरी, विभिन्न आयोगहरुमा नियुक्तिका निम्ति संवैधानिक परिषद्को बैठक बोलाउने तयारी भइरहेको छ ।

टिप्पणीहरू