​सल्लाहकारले दिएको सास्ती

प्रधानमन्त्री कार्यालयबाट निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाइँलाई फोन गयो– डाटा किन नदिएको ? ‘मिल्छ र सर ?’ भन्दै उनी पन्छिन खोजिन् । तर, हाकिमले भने, ‘मेरो जागिर जाने भइसक्यो । पठाइदिनुस् न !’ प्रम कार्यालयले फोटोसहितको नागरिक एप्ससम्बन्धी डाटा महिना दिन बित्दा पनि नपाउने तर अन्तअन्तै धुस्नो हुनेगरी प्रयोग हुने । 

अहिले प्रधानमन्त्रीले आफ्नो सचिवालयमा भएभरका सल्लाहकारसँग राजीनामा माग्नुपर्ने गरी त्यही डाटा ट्रान्सफर घाँडो भएको छ । एक्सटेन्सो डाटा कम्पनीको मालिकसमेत रहेका अस्गर अलीले सरकारी डाटा दुरुपयोग गरेको प्रम आश्चर्यमा पर्नुभएको बालुवाटारस्रोतले जनाएको छ । उनी प्रमको अवैतनिक सूचना प्रविधि सल्लाहकार छन् । सरकारी निकायमा सर्वसाधारणको अति गोप्य र संवेदनशील वैयक्तिक विवरण हुनु त स्वाभाविक भयो । तर, ती विवरण निजी स्वामित्वको एफवान सफ्टको मुख्य  सेयर रहेको डाटासम्बन्धी काम गर्ने एक्सटेन्सो डाटा नामक कम्पनीमा पाइएपछि सनसनी मच्चिएको बताइन्छ ।

एक्सटेन्सोमा अस्गरका व्यवसायिक साझेदार एफवान सफ्ट इन्टरनेशनलका विश्वास ढकाल, सुभाष शर्माहरुको बढी मात्रामा शेयर छ । उक्त कम्पनीको उद्देश्य नै महŒवपूर्ण डाटाको विश्लेषणमार्फत् सामाजिक अवस्थितिको अध्ययन गरी व्यावसायिक प्रवद्र्धन र सामाजिक अभियानमा काम गर्नु हो । अहिलेसम्म अध्यागमन, श्रम, गृह, राष्ट्रिय परिचयपत्रसहितका विवरण अफलाईन कपी भएको भनी प्रमकहाँ उजुरी परेको हो । 

टिप्पणीहरू