कुन–कुन मन्त्रीले कति नम्बर कटाए ?

आजभोलि नै मन्त्रिमण्डल पुनर्गठनको चर्चा चल्दै छ । यसो गर्दा विगतको कार्यसम्पादन मूल्यांकन हेरेर ‘राम्रा मान्छे’ दोहो¥याइन्छ वा कमसल प्रस्तुतिका बाबजुद ‘हाम्रो मान्छे’को रि–इन्ट्री हुन्छ ? 

आफ्नो वर्ष दिनको कार्यकालमा कुन मन्त्री कति सफल, कति असफल भनेर प्रधानमन्त्री कार्यालयले अनलाइनबाटै अनुगमन गरिरहेको छ । जसमध्ये खानेपानीमन्त्री बिना मगरको कार्यप्रगति सबैभन्दा दयनीय देखिन्छ । मगरले १ सय २२ योजना प्रस्तुत गरेमध्ये ४७ सम्पन्न, ४७ चालु अवस्थामा, २८ वटा शुरु नै नभएको देखिन्छ । यस्तै, ऊर्जामन्त्री वर्षमान पुनले ९० वटा योजना प्रस्तुत गरेकोमा ३७ वटा सम्पन्न, ३९ वटा चालु अवस्थामा र १४ वटा धराप छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले ६८ वटा योजना पेश गरेमध्ये ४ वटा शुरु नै नभएको, १४ वटा सम्पन्न भएको र १४ वटा पाइपलाइनमै छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको तर्फबाट ८९ वटा योजना पेश भएकामा चालु अवस्थामा २७, सम्पन्न भएका ६१ र शुरु नभएका योजना १ वटा छ ।

यस्तै, रक्षामन्त्री ईश्वर पोखरेलले १४ वटा योजना अगाडि सारेकोमध्ये ७ वटा सम्पन्न, ६ वटा चालु र एउटा योजना शुरु नै नभएको विवरणमा उल्लेख छ । गृहमन्त्री रामबहादुर थापा बादलको तर्फबाट १९ वटा योजना पेश भएका थिए जसमध्ये २ वटा हालसम्म शुरु नभएको, चालु अवस्थामा ७ वटा र सम्पन्न भइसकेका योजना १० वटा छन् । यस्तै, उद्योगमन्त्री मातृका यादवले १९२ योजना पेश गरेमध्ये १० योजना शुरु नै नभएका, १ सय १३ योजना सम्पन्न भइसकेका र ६९ योजना चालु अवस्थामा छन् । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले २९ योजना पेश गरेकोमा चालु अवस्थामा १०, शुरु नै नभएका २ र सम्पन्न भएका योजना १७ छन् । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको तर्फबाट २१ योजना पेश गरिएकोमध्ये सम्पन्न भएका ४, शुरु नै नभएका ४ र चालु अवस्थामा ४ वटा छन् ।

गत वर्षको कार्यप्रगतिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अब्बल मानिएका छन् । उनले सम्हालेको परराष्ट्र मन्त्रालयको प्रगति ८८ प्रतिशत उल्लेख छ । ८९ योजना पेश भएकामध्ये ६१ सम्पन्न र २७ चालु अवस्थामा छ । श्रममन्त्री गोकर्ण विष्टको कार्यसम्पादन ८१ प्रतिशत रहेको उल्लेख छ । उनको ९७ योजनामा ७८ योजना सम्पन्न भइसकेको छ । भूमिसुधारमन्त्री पद्मा अर्याल ६८ योजना पेश गरेर ५५ वटा योजना सफल रहेको र उनको कार्यसम्पादन ८१ प्रतिशत रहेको उल्लेख छ । यस्तै, कृषिमन्त्री चक्रपाणि खनालले ८९ योजना पेश गरेमध्ये ६१ योजना सम्पन्न भएका छन् । उपेन्द्र यादवको तर्फबाट ६५ योजना पेश भएकामध्ये ४ वटा शुरु नै नभएको, १० वटा चालु अवस्थामा रहेको, कानुनमन्त्री भानुभक्त ढकालको तर्फबाट २१ योजना पेश भएकामा १४ सम्पन्न, ५ चालु अवस्थामा छ । वनमन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट ७२ योजना पेश गरी ४७ योजना सम्पन्न थिए । बिना मगरको कार्यसम्पादन ३९ प्रतिशत, वर्षमान पुनको कार्यसम्पादन ४० प्रतिशत, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको ४४, शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ४६, रक्षामन्त्री ईश्वर पोखरेलको ५०, गृहमन्त्री रामबहादुर थापाको ५३, आपूर्तिमन्त्री मातृका यादव ५७ र सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा र रघुवीर महासेठको कार्यसम्पादन ५९ प्रतिशत रहेको देखिन्छ । 

 यस्तै, राष्ट्रिय योजना आयोगले महिना दिनअघि तयार पारेको राविसको ४६ औं प्रतिवेदनमा उल्लेख भएअनुसार मन्त्रालय मातहतको प्रगति विवरण हेरौं । कृषि मन्त्रालयले ३३ वटा आयोजना अति महŒव (पि वान) राखेर काम अघि बढाएकोमा १९ वटाको काम ८० प्रतिशत सकिएको, ९ वटा ५० प्रतिशतभन्दा बढी र ३ वटाको प्रगति ५० प्रतिशतभन्दा कम । भूमिसुधार मन्त्रालयको तर्फबाट ७ वटा अति महŒवपूर्ण आयोजनामध्ये ७ वटैको काम ८० प्रतिशतभन्दा माथि, भौतिक पूर्वाधार मन्त्रालयले अति महŒव राखेर ४५ आयोजना अगाडि बढाएकोमा १७ आयोजनाको प्रगति ५० प्रतिशतभन्दा केही बढी,९ वटा आयोजनाको प्रगति ५० प्रतिशतभन्दा कम, अरू आयोजनाको स्थिति हरिबिजोग, ऊर्जा मन्त्रालयले ५९ आयोजनामध्ये १४ वटाको प्रगति ५० प्रतिशतभन्दा केही बढी र ९ को प्रगति ५० प्रतिशतभन्दा कम, खानेपानी मन्त्रालयका १२ आयोजनामध्ये १० वटाको सन्तोषजनक, २ वटा बेहाल, शिक्षा मन्त्रालयको तर्फबाट ४ वटा अति महŒव राखिएको आयोजनामध्ये ४ वटै ठण्डाराम ।

उद्योग मन्त्रालयका ९ वटा आयोजनामध्ये ९ वटैको प्रगति ५० प्रतिशत मुनी । संघीय मामिलाका १३ आयोजनामध्ये ११ वटा सन्तुष्ट २ आयोजना बेहाल । महालेखाको प्रतिवेदन पल्टाऔं । अघिल्लो आर्थिक वर्ष उद्योग मन्त्रालयले जम्मा ५३ प्रतिशत मात्र पँुजीगत खर्च गर्न सकेको छ । पँुजीगत खर्चकै हिसाबले कृषिले ६४ दशमलव ५, खानेपानीको ५० दशमलव ९, महिला बालबालिका मन्त्रालयले ३१ प्रतिशत मात्र खर्च गरेको छ । 
 

टिप्पणीहरू