यी उताका हुन् कि यताका ?

गत वैशाख  १५ गते  विवरण ढाँटेर छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले समाती आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठायो  । २०६३ मा वीरगन्ज महानगरपालिका–१३ ठेगाना देखाई ३४३०८ / ४८ नम्बरको नागरिकता लिएका सुदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको छ भने गृह मन्त्रालयले २०६८ पुस २० गते साहको नागरिकता बदर गरेको हो ।
भारत बिहार केशरिया विधानसभा निर्वाचनमा भोट दिंदै आएका र हालसम्म भारतीय मतदाता रहेका काशीप्रसाद साहले झुठो विवरण पेश गरी बारा जिल्ला जितपुरबाट नागरिकता लिएका थिए । अहिले बसाइँसराइ गरेर वीरगन्ज रानीघाटमा न्यु हरिओम किराना पसल खोली तस्करी कार्य गर्दै आएका किशोरी छोटो अवधिमा अरबपति भएका छन् । 

रक्सौल बिसुनपुरवा निवासी हरिनारायण प्रसाद भन्सार कार्यालय र अन्य नाकाबाट पटक–पटक तस्करी गरेबापत दण्डित भएका थिए । वीरगञ्ज महानगरपालिका वडा नं. १० कभर्ड हलको मतदाता भएर नेपालमा मतदान गर्दै आएका छन् । स्थानीय प्रहरी प्रशासनलाई पैसाको आडमा खरिद गरेर निर्वाध धन्धा चलाउँदै आएका हरिनारायणलाई तत्कालिन प्रहरी उपरिक्षक दिवेश लोहनीले हतकडी लगाए । उनी ०३१ सालमा नेपाल आएको सगौरव बताउँछन् । म मात्र हो र यहाँ को भारतीय छैन पनि भनिरहन्छन् । 

हालै वीरगञ्ज महानगर वडा नं २ र १५ का वडाध्यक्षहरु भारतीयहरुलाई नागरिकता बनाउन सिफारिस गरेबापत निलम्बनमा परेका छन । तर नागरिकता धारण गरेर अवैध कारोवार चलाई राजश्वसमेत मार्ने काममा लागेकाहरुमाथि कहिले कारवाही हुने हो यक्ष प्रश्न खडा भएको छ ।

टिप्पणीहरू