यतिको नाममा सिंहदरबारभित्रको खेती

अहिलेको बहुचर्चित व्यापारिक समूह यति होल्डिङ्सले सरकारबाट नेपाल ट्रष्टको स्वामित्वमा रहेका जमिन मात्रै हत्याइरहेको छैन, अर्को बहुचर्चित मामिलालाई पनि आफैँले अँठ्याइरहेको तथ्यको खुलासा भएको छ ।

सरकारले स्थापना गर्न लागेको सेक्युरिटी प्रिन्टिङ प्रेसको मूल्यांकन समितिमा योजनाबद्ध ढंगले यतिसँग निकट व्यक्तिलाई छिराइएको छ । राज्यलाई करिब १० अर्ब घाटा हुने भनिएको र फ्रान्स सरकारको स्वामित्वमा रहेको कम्पनी इनग्रुपसँग सरकारले जिटुजी गर्न लागेको प्रस्ताव मूल्यांकन समितिमा यतिनिकटस्थ सहसचिव राजेश्वर ज्ञवाली छन् । यही डिलिङका निम्ति बेलुका पेरिसतर्फ उड्न खराब मौसमका बाबजुद आफू चढेको हेलिकोप्टरलाई पाथीभराबाट जबर्जस्ती काठमाडौंतर्फ उडाउन लगाएका स्व. आङछिरिङ शेर्पाले भनेर सुदूरपश्चिम प्रदेशबाट नेपाल ट्रष्टको कार्यालयमा सरुवा भएका ज्ञवालीलाई योजनाबद्ध हिसाबले सो समितिमा राखिएको हाकिमहरु बताउँछन् । प्रधानमन्त्रीको निर्देशनमा सूदूरपश्चिम प्रदेश सरुवा भएका ज्ञवाली शेर्पालाई प्रयोग गरेर पुनः काठमाडौं फिर्ता आएका थिए । कतिपय सहसचिवहरु संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा बस्नुपर्ने अवस्थामा ज्ञवालीलाई आङछिरिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत थप जिम्मेवारी दिलाएका थिए । 

इनगु्रपको नेपाल हेर्ने स्थानीय एजेण्ट यति भएकाले उसकै स्वार्थमा ज्ञवालीलाई सेक्युरिटी प्रेस खरिदका लागि फ्रान्ससहितका देशबाट प्राप्त प्रस्ताव अध्ययन गर्न गठित समितिको सदस्य बनाइएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस सेन्टरका कार्यकारी निर्देशक विकल पौडेल, विकलनिकट सूचना प्रविधि केन्द्रका निर्देशक सुनिल पौडेल र सहसचिव ज्ञवालीले यति संलग्न कम्पनीको प्रस्ताव नै उपयुक्त रहेको भन्दै लबिङ गरेको मूल्याङकन समितिका सदस्यहरुको भनाइ छ । ज्ञवालीजस्तै पौडेलद्वय पनि शेर्पानिकट मानिन्छन् । शेर्पाकै लबिङमा राप्रपासँग नजिक रहेका विकललाई ओली नेतृत्वको सरकारले कार्यकारी निर्देशक बनाएको हो ।

सूचना प्रविधिसम्बन्धी जानकारहरु पौडेलद्वयले समितिका अन्य सदस्यलाई प्रभावमा पारेर आफ्नो स्वार्थ मिल्ने फ्रान्सेली कम्पनी इनगु्रपको हितमा काम गरेको आरोप छ । विकल सूचना प्रविधि केन्द्रको उपनिर्देशक हुँदा आइटीसम्बन्धी प्रायजस्तो ठेक्कामा संलग्न हुने गर्थे । उनकी श्रीमती अमेरिकामा चिकित्सकको छिन् । दुई सन्तान भएका विकल पत्नी भेट्ने नाममा ६÷६ महिनामा अमेरिका आवतजावत गर्छन् । आफूसँगै लोकसेवा दिएर फेल भएको मान्छेले सहसचिवस्तरको नियुक्ति खाएर करोडौंं कमाउने हैसियत बनाइसकेको तर आफूहरु भने टुलुटुलु हरेर बस्नुपरेको सूचना प्रविधि विभागका हाकिमहरुको गुनासो छ । 

टिप्पणीहरू