एमसीसीले माओवादी र एकीकृत समाजवादीमा अर्को रडाको

एमसीसीले माओवादी र एकीकृत समाजवादीमा अर्को रडाको

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने पाँचदलीय गठबन्धनको निर्णयप्रति माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानविपरित गठबन्धनले एमसीसी टेबुल गर्ने निर्णय गरेको आरोप लगाउनुभयो । ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन छैन । संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिँदैन । यो संविधान विपरित पनि छ,’ उहाँले भन्नुभयो ।

शनिवार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडि नबढाउने निर्णय गरेको पनि उहाँले स्मरण गर्नुभयो । ‘हिजो मात्र पार्टीले निर्णय गर्ने अनि आज टेबुल गर्ने भन्ने कसरी मिल्छ ? यी सब गलत कुराहरु भए । विदेशीहरुको दबाबमा पार्टीहरु झुक्दै गएको कुरा यसले देखाउँछ,’ खनालले भन्नुभयो ।

‘एमसीसी अनुमोदन गर्नको लागि ऐन छैन । संघीय ऐन नबनाई संसदमा टेबुल गर्न सकिँदैन । यो संविधान विपरित पनि छ,’

एमसीसीको विरोध गर्ने भएकै कारण सत्तारुढ दलको आइतबार बिहान बसेको बैठकमा आफूलाई नबोलाइएको उहाँको भनाइ छ ।

यता,माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसी संसदमा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभएको छ । ‘एमसीसी संसदमा टेबुल गर्नेबारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ’, उहाँले भन्नुभयो ।

टिप्पणीहरू