दृष्टिबिहिन १५ सहित ५५ बिद्यार्थीलाई पत्रकारको सहयोग
संचारकर्मी मौसम सम्बाहाम्फे, सुनिता खजुम र संगिता सुहाङले पाँचथरका २ वटा विद्यालयका बिद्यार्थीहरुलाई सहयोग वितरण गरेका छन् ।
पाँचथरको फिदिम नगरपालिका–४ मा रहेको गढि माविका दृष्टिविहिन विद्यार्थि र जिल्लाको कुम्मायक गाँउपालिका–४ मा रहेको सिँहवाहिनी आधारभुत विद्यालयका बिद्यार्थीहरुलाई विद्यालयमै पुगेर उनिहरुले सहयोग वितरण गरेका हुन् ।गढि माविका १५ जना दृष्टिविहिन विद्यार्थि र सिँहवाहिनी आधारभुत विद्यालयका ४० जना बिद्यार्थीहरुलाई करिव ७० हजार मुल्य बराबरको विद्यालय पोशाक (स्विटर, टाई) प्रदान गरिएको सहयोगकर्ता मौसम सम्बाहाम्फले जानकारी दिइन् ।वुधबार विद्यालयमा एक समारोहको आयोजना गरि सहयोग प्रदान गरिएको वताइएको छ । कार्यक्रममा विद्यालयमा अध्ययनरत बिद्यार्थी, शिक्षकहरुको उपस्थिती रहेको थियो ।
आफैले कक्षा ५ सम्म अध्ययन गरेको विद्यालयमा अध्यय्नरत बिद्यार्थीहरुलाइ सहयोग गर्न पाउदा खुसि लागेको सम्बाहाम्फेले वताइन् । उनिहरु स्थानिय रेडियोमा कार्यरत संचारकर्मी हन् ।
टिप्पणीहरू