युक्रेनमा सबैलाई हतियार दिइने
रुसको आक्रमणबाट ४० युक्रेनियनको ज्यान गएको छ । आज युक्रेनी राष्ट्रपतिका सल्लाहकारलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले रुसको आक्रमणमा हालसम्म ४० जनाको ज्यान गएको बताएका छन् ।
राष्ट्रपतिका सल्लाहकार भ्लादिमिर जेलेन्स्कीका ओलेक्सी अरेस्टोभिचले दर्जनौं व्यक्ति घाइते भएको पनि बताएका छन् । उनले मारिनेमा सर्वसाधारण छन् वा छैनन् भन्ने खुलाएका छैनन् ।
जेलेन्स्कीले युक्रेनी अधिकारीहरूले देशको रक्षा गर्न इच्छुक सबैलाई हतियार दिने बताए ।
उनले भने, ’युक्रेनी जनताको भविष्य प्रत्येक युक्रेनीमा निर्भर छ, त्यसैले देशको रक्षा गर्न इच्छुक सबैलाई हतियार दिने छौँ ।’
टिप्पणीहरू