बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालको वार्ता सकियो,कानूनमन्त्री सभामुखकोमा

बालुवाटारमा प्रधानमन्त्री र माधव नेपालको वार्ता सकियो,कानूनमन्त्री सभामुखकोमा

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । धनगढीबाट आएर सोझै बालुवाटार पुग्नुभएका नेपालले पछिल्लो राजनीतिक परिस्थिति र संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनबारे छलफल गर्नुभएको हो ।

भेटको लागि अध्यक्ष नेपाल त्यहाँ पुग्नुभएको हो । पार्टी कामको सिलसिलामा धनगढी पुग्नुभएको उहाँ विमानस्थलबाट सोझै बालुवाटार जानुभएको हो । नेपालले प्रधानमन्त्रीलाई एमसीसी जस्ताको तस्तै हतारमा पारित गर्नेतिर नजान सल्लाह दिनुभएको स्रोतले बताएको छ ।

टिप्पणीहरू