वैदेशिक रोजगारीमा जानेको पीसीआर परीक्षण निःशुल्क

वैदेशिक रोजगारीमा जानेको पीसीआर परीक्षण निःशुल्क

सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो ।

यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिर्नुपथ्र्यो । तर, अबदेखि सरकारीअन्तर्गतका शुक्रराज ट्रपिकल अस्पताल टेकु, वीर अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाबाट वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको पीसीआर परीक्षण निःशुल्क हुनेछ ।

पीसीआर परीक्षण निःशुल्कको निम्ति वैदेशिक रोजगारीमा जाने निश्चित भएको कागजात भने पेश गर्नुपर्नेछ । यसअघि सरकारले वैदेशिक रोजगारीमा जानेका लागि कोरोनाविरुद्धको खोपको व्यवस्थापन गरेको थियो ।

टिप्पणीहरू