गोकुल बाँस्कोटा,चन्द्र लामा

गोकुललाई हराउन चन्द्र समूहको व्यापक आन्तरिक तयारी

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा गोकुल बाँस्कोटालाई टक्कर दिन अर्को समूह खडा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध कमजोर बनिरहेको बेला जिल्लामा बाँस्कोटालाई टक्कर दिन उपाध्यक्ष चन्द्र लामाको समूह खडा भएको बताइन्छ । यता, केही केन्द्रीय नेताहरुले लामा समूहलाई बलियो बनाउन मलजल गरेपछि विभिन्न सम्भावना देखिएको छ ।   जिल्लाका नेताहरुले भने उक्त समूहलाई अप्रत्यक्ष साथ दिएको बुझिएको छ । जेठ १८ र १९ गते स्थानीय क्षेत्रबाट जिल्ला अधिवेशनका लागि पार्टी प्रतिनिधि…