तीन दल
तीन ठूला दल उपनेताविहीन
आमनिर्वाचन सम्पन्न भएको दुई वर्षसम्म प्रमुख तीन दलले उपनेता चयन गरेका छैनन् । नेपाली काँग्रेस र माओवादी केन्द्रले अहिलेसम्म उपनेता छानेकै छैनन् भने सुवासचन्द्र नेम्वाङको निधन पछि एमालेले पनि सो पदमा कसैलाई मनोनित गरेको छैन । राजनीतिक दल सम्बन्धी ऐन–२०७३ मा संघीय संसद वा प्रदेश सभाको निर्वाचनमा कम्तीमा दुई स्थानमा निर्वाचित भई प्रतिनिधित्व गर्ने दलले संघीय संसदीय वा प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था छ । निर्वाचित सांसदहरुले आफूमध्येबाट एकजना दलको नेता चयन गर्ने र …