चीनसँगको व्यवहारमा चमत्कारको आशा
गत असार अन्तिम साता परराष्ट्रमन्त्रीमा नियुक्त भई पदबहाली गरेपछि सोही साल भदौ पहिलो साता दक्षिण भ्रमण गरेर केही वाहवाही पाएकी डा. आरजु देउवाले पहिलो विदेश भ्रमणको दुई महिना हुँदा पनि उत्तरी निम्तो भने आजसम्म पाएकी छैनन् । संयुक्त राष्ट्रसंघको महासभाताका गत असोजमा क्यानाडा, अमेरिका र कतारको भ्रमण गरेकी उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग चाहिँ प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भेट गरेकी हुन् ।
आफ्नो पदबहालीको मधुमास अवधि विनाअवरोध सकिएका उपलक्ष्यमा सुनाइएका, लेखिएका प्रगति…