कृष्णप्रसाद सिटौला

जब कांग्रेस सांसद सिटौला सहसचिवसँग जंगिए

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको आज बसेको बैठकमा एकाएक फरक दृश्य देखियो । नेपाली काँग्रेसका नेता तथा सांसद कृष्णप्रसाद सिटौला आफ्नो स्वभाविक स्वाभाव विपरीत प्रस्तुत भए । उनी बैठकमा रिसाएका देखिए, जबकि हत्तपत्त आक्रमक ढंगले प्रस्तुत हुने गर्दैनन् ।  बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव शिशिर कोईरालाको अभिव्यक्तिमा सिटौलाको रोष देखिन्थ्यो । समितिमा जलश्रोत विधेयक, २०८१ को मस्यौदाउपर छलफल चलिरहेको थियो । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनेक्र…