पूर्व राष्ट्रपतिलाई रोक्न विधानमै व्यवस्था गर्न प्रस्ताव
नेकपा एमालेमा पूर्व राष्ट्रपतिलाई राजनीतिमा प्रतिवन्ध लगाउन विधानमै व्यवस्था गर्नुपर्ने आवाज उठेको छ । गोदावरीमा जारी विधान महाधिवेशनको अन्तिम दिन आज धारणा राख्ने संस्थापन निकट प्रतिनिधिले राष्ट्रपति र उपराष्ट्रपति भैसकेका व्यक्तिलाई राजनीतिमा आउन रोक लगाउने गरी विधान संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेसका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश प्रतिनिधिले आफ्नो समूहको छलफलको निचोड सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अ…