बानेश्वरलगायत राजधानीका यी ठाउँमा सेना परिचालित
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रपछि राष्ट्रपति निवास, उपराष्ट्रपति कार्यालय, नारायणहिटी दरबार संग्रहालय क्षेत्र र सिंहदरबार क्षेत्र वरपर कफ्र्यु लगाएको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेन जी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले थप क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासको उत्तर पूर्वतर्फ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडिको चोक, पूर्व दक्षिणतर्फ सामाखुशी जाने मोडदेखि एक सय मीटर दक्षिण, दक्षिण पश्च…