उता राष्ट्रपतिलाई डेढ घण्टा विशेष सुरक्षा,यता प्रहरी इन्तु न चिन्तु
हिजो जेन जीको विरोध प्रदर्शन हिंसात्मक बन्नुमा पर्याप्त सुरक्षाकर्मीको अभाव देखिएको छ । डेढ हजार मिर्गौला प्रत्यारोपणमा सफलता मिलेको उपलक्ष्यमा प्रमुख अतिथि बनाइएका राष्ट्रपतिको सुरक्षार्थ भएभरका सुरक्षाकर्मी खटाउँदा संसद भवन बाहिर आन्दोलनकारीलाई रोक्न प्रहरीलाई हम्मे परेको तथ्य खुलेको छ ।
बिहान ११ बजेदेखि प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले १५ सय मिर्गौला प्रत्यारोपणमा सफलता प्राप्त गरेको अवसरमा कार्यक्रम आयोजना गरेको थियो । प्रमुख …