वाणिज्य बैंकको अध्यक्षमा ढकाल
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देवकुमार ढकाल नियुक्त भएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकाललाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैंक सञ्चालक समितिको सदस्यमा नियुक्ति गरेपछि बिहान बसेको समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो । ढकालले राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष आजै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
राष्ट्र बैंकबाट गत मंसिरमा अवकाश पाएका ढकाल गभर्नर नियुक्तिको क्रममा पनि चर्चामा आएका थिए । साढे चार वर्षअघि रिक्त डेपुटी …