पूर्व राष्ट्रपतिको एमाले प्रवेश विषय ‘सिरियस’
नेकपा एमालेको सचिवालय बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनको विषयले प्रवेश पाएको छ । केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओली आफैँले उक्त विषय उठाउनुभएको बताइएको छ ।
सचिव योगेशकुमार भट्टराईका अनुसार अध्यक्षले भण्डारीको विषयमा आवश्यक छलफल हुने जानकारी दिनुभएको छ । ‘अध्यक्षले त्यस विषयमा आवश्यक परे छलफल गरौं भन्नुभएको छ’, खाजा समयमा बाहिर निस्किएका बेला उनले भने, ‘आजको बैठकमा भ्याइएन भनेपनि कुनै न क…