एमसिसी,चीन,भारत र अमेरिकाबारे भूपू जर्नेल तथा कवि राजेन्द्र थापाको नौलो ठहर

एमसिसी,चीन,भारत र अमेरिकाबारे भूपू जर्नेल तथा कवि राजेन्द्र थापाको नौलो ठहर

हामीले जागिर खाएदेखि नै अमेरिकी सेना र अन्य प्रतिनिधिमण्डलहरु आइरहेको देखेका छौं । त्यसबेला अहिलेको जस्तो एमसीसीको किचलो थिएन । अमेरिकाले नै २०१९ सालमा नेपाली सेनालाई आधुनिक जीप,ट्रक र वायरलेस सेटहरु सहायता दिएको हो । त्यसरी सेनालाई प्रविधिमैत्री बनाएर पहिलोपटक भारतीय प्रभावबाट एक हदसम्म मुक्त बनाउँदा तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु मौन रहन बाध्य भएको सैन्य अभिलेख र जानकारीहरुबाट पनि पुष्टि हुन्छ ।

अमेरिकाले सन् १९६५ मा नेपाली सेनालाई पहिलो स्टाफ कलेजको एक सिट दियो । त्यसअघि भारतमा मात्र सीमित सैनिक तालिमको एकाधिकार तोडेर राजा महेन्द्रको कूटनैतिक रणनीतिमा सफलता मिलेको विश्लेषण गरिएको थियो । त्यतिबेलाका मेजर अर्जुननरसिंह राणा नै अमेरिकी सेनाको तालिम लिने नेपाली सेनाका पहिलो अधिकृत थिए । उनले विश्वको सबैभन्दा पुरानो र सर्वोत्कृष्ट कलेज फोर्ट लेभनवर्थको एलुम्नाईबाट तालिम लिएका हुन् ।

त्यतिबेला नेपाल सरहदभित्र कायम रहेको भारतीय प्रभावलाई सन्तुलन ल्याएर मानसिक रुपमा भारतीय प्रभावबाट मुक्त हुन अमेरिकालाई प्रयोग गरिएको थियो । यतिखेर चीन र भारतलाई सन्तुलनमा राख्न पनि अमेरिका नै चाहिएको छ ।

अर्कोतर्फ चिनियाँ स्वार्थबाट हेर्दा नेपालबाट अमेरिकी प्रभाव निमिट्यान्न पार्नुपर्ने आवश्यकता देखिन्छ । नेपालमा बढ्दै गएको कम्युनिष्ट समर्थित जनमतलाई साइजमा ल्याउन भारतले पनि अहिले यो क्षेत्रमा अमेरिकी सम्बन्ध थप दह्रो हुनुलाई लाभदायक ठानेको छ ।

हाम्रो राष्ट्रिय स्वार्थलाई विश्लेषण गर्दा स्वतन्त्र परराष्ट्र नीति अंगाल्दै नेपाल र चीनबीच कायम रहेको द्विपक्षीय सम्बन्धलाई छुट्टाछुट्टै सन्तुलनमा राख्नु नै सर्वहिताय हो । भारत र चीनलाई ठीक ठाउँ र सन्तुलनमा राख्न पनि अमेरिका र पश्चिमा मुलुकहरुसँगको सम्बन्धलाई पवित्र ढंगले बलियो बनाउनैपर्छ । यसबाट मात्रै हाम्रो परराष्ट्र नीतिलाई स्वतन्त्र राख्न सकिन्छ ।

“चौबिसै घण्टा राष्ट्रघात भनेर अन्तरवार्ता दिने,अनलाइनमा समाचार छपाउने,भाषण,गोष्ठी गर्ने र सडकमा जुलुस निकाल्नेहरु सदनबाट एमसिसी सम्झौता पास हुनासाथ पानीको फोकाझैँ फुटे । उक्त सम्झौता अनुमोदन भएको एक मीनेटमै बानेश्वरमा जारी महिनौंको विद्रोह एकाएक साम्य हुन पुग्यो ।

चिनियाँ कम्युनिष्ट पार्टीको इशारामा यसअघिको सरकार र नेकपा चल्न थालेपछि भारत सशंकित भएको दक्षिणतर्फका छिमेकीसँग नजिक रहेकाहरुले विश्लेषण गरेका छन् । भारतीय खुफिया एजेन्सीका प्रमुख सामन्त गोयलले मध्यरात बालुवाटार छिरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य वार्ता गरेपछि उत्तरसँगको सम्बन्धमा एकाएक चिसोपन आएको भन्नेहरु पनि छन् ।

विदेशीको इशारामा आफूलाई बुध्दिजीवी,सञ्चारकर्मी, नेता र दल बताउँदै आएकाहरुको पनि यसमा योगदान रहेको बताइन्छ । उक्त घटनाले कुनै पनि राज्य सञ्चालनको क्रममा काल्पनिक कथामा कुनै पनि मित्र राष्ट्रप्रति काल्पनिक शत्रुताको प्रचार बन्न नहुने र कसैको खेलौना बन्न नहुने पाठ सिकाइदिएको छ ।

जनतालाई झुठो राष्ट्रवादमा उत्तेजित बनाउन सकिने उदाहरण विगतमा एक जना नेताबाट प्रमाणित भएकाले अब अन्य राष्ट्रले पनि सोही कमजोरी र कथित राष्ट्रवादको सफल उपयोग गरी कुनै अर्को मित्रप्रति द्वेष फैलाउन केही बिकाउ बुध्दिजीवी, नेता र मिडियाको उपयोग डिजिटल माध्यमबाट जस्तो सामाग्री पनि प्रचार गर्न सकिने तथ्य मित्र राष्ट्रहरुले बुझिसकेका छन् ।

त्यसका अभियानकर्मीहरु पनि मिडियाबाट गायब भए । राष्ट्रघात नै थियो भने झन मर्न र मार्न सडक कब्जा गरेर क्रान्तिको लागि गोली खानु पर्थ्यो । तर राष्ट्रघात भइसकेपछि पनि किन चुपचाप ? किनभने कसैको निम्ति उक्त सम्झौता रोक्नु मात्र लक्ष्य थियो ।”

त्यसकारण अन्तिम अवस्थामा अमेरिकाले पनि अचानक एमसीसी बिरुध्दको प्रचारमा काउन्टर प्रचार गर्न ठूलो कोशिस गरेको हो । सोही प्रयासअन्तर्गत मिडिया,अनलाइन र गोष्ठीहरुको उपयोग गरेर ठूलो जमातको आशंकालाई निमिट्यान्न पार्न रणनीतिक रुपमा काउण्टर अफेन्सिभ गरिएको हो ।

यहाँनेर एउटा ज्वलन्त प्रश्न पनि उठेको छ । दिन होओस् वा रात चौबिसै घण्टा राष्ट्रघात भनेर अन्तरवार्ता दिने,अनलाइनमा समाचार छपाउने,भाषण,गोष्ठी सडकमा जुलुस निकाल्नेहरु सदनबाट एमसिसी सम्झौता पास हुनासाथ पानीको फोकाझैँ फुटेका छन् । उक्त सम्झौता अनुमोदन भएको एक मीनेटमै बानेश्वरमा जारी महिनौंको विद्रोह एकाएक साम्य हुन पुग्यो ।

त्यसका अभियानकर्मीहरु पनि मिडियाबाट गायब भए । राष्ट्रघात नै थियो भने झन् मर्न र मार्न सडक कब्जा गरेर क्रान्तिको लागि गोली खानु पर्थ्यो । तर राष्ट्रघात भइसकेपछि पनि किन चुपचाप ? किनभने कसैको निम्ति उक्त सम्झौता रोक्नु मात्र लक्ष्य थियो । तर रोक्न सकेनन् । त्यसपछि सबै सकियो । अरु कसैको यस सम्बन्धमा छुट्टै विश्लेषण छ भने अध्ययन गर्ने अवसर पाउँ । अन्यथा मेरो जीवनभरको रणनीतिक विज्ञताले यही निष्कर्षमा पुगेँ ।

टिप्पणीहरू