पशुपति मन्दिरका सफाईकर्मी गौशालामा आन्दोलित
पशुपतिनाथ मन्दिरमा सरसफाईको काम गर्ने श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरुलाई जबर्जस्ती कामबाट हटाएको भन्दै उनीहरुले आज पशुपति क्षेत्र विकास कोषको कार्यालय अगाडि धर्ना दिएका हुन् ।
एकीकृत यातायात मजदुर संगठनका अध्यक्ष रवि केसीको नेतृत्वमा झण्डै तीन दर्जन कर्मचारी बिहानैदेखि धर्नामा छन् । विगत पाँच वर्षदेखि पशुपति मन्दिरमा सरसफाई गर्दै आएकोमा गत पुस १ गतेदेखि कोषले करार अवधि समाप्त भएको भन्दै कामबाट निकालेको उनीहरुको गुनासो छ ।
कतिपय कर्मचारीले आफूले काम गरेबापत पाउनुपर्ने तलबसमेत नपाएको बताएका छन् । यस विषयमा आज दिउँसो १ बजे पशुपति क्षेत्र विकास कोष, पर्यटन मन्त्रालय र मजदुर संगठनका प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू