उपेन्द्र र बाबुरामलाई समदूरीमा राख्दै प्रचण्ड

उपेन्द्र र बाबुरामलाई समदूरीमा राख्दै प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग केही सातादेखि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटघाट र छलफल गर्दै आउनुभएको छ ।

सो क्रममा आज बिहान पनि दाहाल र यादवबीच आधा घण्टा बढी कुराकानी भएको छ । यादवसँग छलफल गर्न अध्यक्ष दाहाल उहाँको निवास हात्ती वन जानुभएको हो ।

यसअघि दाहालले डा. भट्टराईसँग गत साता उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लैनचौरमा भेट गर्नुभएको थियो । भोलिपल्ट माओवादी केन्द्रका केही नेता र भट्टराई निकट जनता समाजवादीका नेताहरुबीच नयाँ बजारको एउटा पार्टी प्यालेसमा कुराकानी भएको थियो ।

पार्टी विभाजनको निम्ति कानुनी बाटो सहज बनाइदिन भट्टराईलगायतले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा पनि छलफल गरिसक्नुभएको छ ।

टिप्पणीहरू