यसरी मिल्यो गठबन्धनमा भागबण्डाको कुरो

यसरी मिल्यो गठबन्धनमा भागबण्डाको कुरो

सत्तारुढ गठबन्धनमा महानगर र उपमहानगरको भागबण्डा मिलेको छ । लगातार तीन दिनसम्म बसेको गठबन्धनको बैठकले आज महानगर र उपमहानगरको भागबण्डा मिलाएको हो ।

जसमा ११ उपमहानगरमध्ये सात काँग्रेस, दुई माओवादी केन्द्र, एक–एक नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले पाउने भएका छन् । काँग्रेस र जसपाले दाबी गर्दै आएको नेपालगञ्ज उपमहानरपालिका प्रमुख पद अब काँग्रेसले पाउने गठबन्धन दलहरुमा सहमति भएको छ । यो लगायत धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर र धनगढीमा पनि काँग्रेसकै नेतृत्व रहने छ ।

नेकपा माओवादी केन्द्रले जीतपुर सिमरा र घोराही गरी दुई उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ । एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको प्रमुख पद पाउने छ ।

यसअघि नै गठबन्धनकोे बैठकले महानगरपालिकामा भागबण्डाको टुङ्गो लगाइसकेको थियो ।

टिप्पणीहरू