तलेजु भवानीको घोडा मर्यो
काठमाडौंको तलेजू भवानी मन्दिरमा रहेको घोडाको मृत्यु भएको छ । दुई वर्षदेखि बिरामी घोडाको आज बिहान निधन भएको हो ।मन्दिरका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार घोडा बिरामीसँगै बूढो पनि भइसकेको थियो ।
हिजो साँझदेखि घोडाले खाना खानै छोडिदिएको उनको भनाइ छ । ‘हिजो साँझ खाना दिएको खान मानेन । त्यसपछि हामीले सेनालाई बोलायौं । आर्मीले औषधी दिएर गएको थियोे । बूढो हुनुका साथै घोडा दुई वर्षदेखि बिरामी थियो । आज बिहान ११ बजेतिर घोडाको मृत्यु भयो’,उनले भने ।
टिप्पणीहरू