दुर्घटना

कच्ची सडकमा जीप दुर्घटना, एकजना ठहरै

दैलेखमा भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दैलेख भगवतीमाई गाउँपालिका–२, बेस्तडादेखि सदरमुकाम नारायण नगरपालिकातर्फ आउँदै गरेको लु.२ च ४८२९ नं.को डबल क्याप जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो । नारायण नगरपालिका–११, लोहोर कच्ची सडक खण्डमा दुर्घटना हुँदा जीप चालक कृष्ण रोकाको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ । जीपमा ३ जना महिला, ५ जना पुरुष र २ जना बच्चा गरेर १० जना सवार रहेका थिए । घाइतेहरुको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको जिल्ला प्रहरी कार्या…

Page 107 of 114