दुर्घटना

सोलारबाट आगलागी

मकवानपुरमा सोलारको तार सर्ट हुँदा आगलागी भएको छ । राक्सिराङ गाउँपालिका–४ राहुलडाँडा बस्ने तिलक बहादुर मोक्तानको घरमा सोलारको तार सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट घर ध्वस्त भएको छ । साथै घरमा रहेको सरसामान जलेर करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । पछि स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

Page 104 of 114