मामाको घोडाबाट लडेर भान्जीको मृत्यु

मामाको घोडाबाट लडेर भान्जीको मृत्यु

सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका-४ खुम्जुङका पासाङल्हामु शेर्पाकी ८ बर्षीया छोरी सोनाम छुटिन शेर्पाको घोडाबाट लड्दा मृत्यु भएको छ भने सङ्गै सवार रहेकी अर्की बालिका ९ वर्षीया मिङमा कान्छी शेर्पा सामान्य घाइते भएकी छन् । हिजो बिहान करिव ११ बजे उनीहरु चढेको घोडा खुम्बु पासाङल्हामु गाउँपालिका ३ लासे दोभानको हिउँमा चिप्लिएर लडेको थियो ।

घोडा लडेपछि दुवै दिदी बहिनीसमेत लडेर घाइते भएका थिए । उनीहरु सवार घोडा उनकै मामाको रहेको प्रहरीले जनाएको छ । सोनामको उपचारको लागि लैजाँदै गर्दा दिउँसो बाटैमा मृत्यु भएको हो । घटनाबारे नाम्चे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू