घाँस काट्न गएकी महिलालाई बाघले खायो

घाँस काट्न गएकी महिलालाई बाघले खायो

चितवनमा घाँस काट्न गएकी महिलालाई बाघले खाएको छ । आज दिउँसो भरतपुर १३ बेलसारस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र स्थानीय ६० वर्षकी चिजा सार्कीलाई झम्टेर बेपत्ता पारेको थियो ।

पछि इलाका प्रहरी कार्यालय गीतानगर र राष्ट्रिय निकुञ्जको वनको टोली हात्तिसहित खोज्दै जाँदा सार्कीको शव बाघल खाइरहेको अवस्थामा फेला परेको हो ।

उनीसँगै घाँस काट्न गएका सीता दराई र हेमराज सापकोटा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी नरहरि अधिकारीले जानकारी दिए

टिप्पणीहरू