दुर्घटना

पाँचथरमा आगलागी, लाखौंको क्षति

पाँचथरको कुम्मायक गाउँपालिकास्थित यासोक बजारमा आगलागी भएको छ । कुम्मायक १, ओखलढुङ्गेस्थित ओमबहादुर बुढाथोकीको घरमा हिजो आगलागी हुँदा उक्त क्षति भएको हो । बुढाथोकीको घर नजिकैको गाईको गोठबाट आगलागी भएको प्रहरीले जनाएको छ । बुढाथोकीको नगद १ लाख ५० हजार रुपैयाँ, २ तोला सुन,४० तोला चाँदी र अन्य वर्तनसहित घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीबाट २० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

Page 103 of 114