धादिङ दुर्घटना: चार भारतीयसहित पाँच जनाको मृत्यु
धादिङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार आपसमा ठोक्किएर भएको दुर्घटनामा कारमा सवार चार भारतीयसहित पाँच जनाले ज्यान गुमाएका हुन् ।
काठमाडौँबाट धादिङतर्फ आउदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा भारत उत्तरप्रदेशका बिमलचन्द्र अग्रवाल, साधना अग्रवाल, सन्ध्या अग्रवाल, राकेश अग्रवाल रहेका छन् । उनीहरु चारैजना अन्दाजी ३५ देखि ४५ व…