दुर्घटना

खोलाले कार बगाउँदा सबै बगे, ४ बिते

दाङमा उर्लंदो खोलाले कार बगाउँदा कारमा सवार चारै जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित सिस्ने खोलाले प्रदेश ३–०१–०२४ च ४४४० नम्बरको कार बुधबार राति बगाउँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा कारमा सवार दाङ, घोराहीकी ३२ वर्षीया शुशिला श्रेष्ठ, ४० वर्षीया रितामाया पुन, ३२ वर्षीया राधा कुँवर र ४२ वर्षीया विमला केसी छन् । कार चालक स्थानीय ४३ वर्षीय नरबहादुर पुनलाई भने उद्धारको क्रममा घाइते अवस्थामा फेला पारिएको थियो । उनलाई तत्काल उपचारार्थ राप्…