माछापोखरीमा डुबेर शिशुको मृत्यु
घरनजिकैको माछापोखरीमा डुबेर एक शिशुको मृत्यु भएको छ । मृत्यु हुने संखुवासभा मकालु गाँउपालिका–५ चौलाखर्कका हर्कबहादुर तामाङका ८ महिने छोरा सक्षम तामाङ हुन् । उनी घरआँगनमा खेल्दाखेल्दै नजिकैको माछापोखरीमा डुबेका थिए ।
हिजो दिउँसो पोखरीमा डुबेर घाइते भएका शिशुलाई उपचारको निम्ति प्राथमिक स्वास्थ्य केन्द्र नुम पुर्याइएको थियो । शिशुको उपचारको क्रममा पौने ५ बजे मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू