आगो सल्काउँदा खरानी भइन् शिवमाया

आगो सल्काउँदा खरानी भइन् शिवमाया

धनकुटामा आगोले जलेर एक महिलाको ज्यान गएको छ । पाख्रिवास नगरपालिका–९ मा आज बिहान आगो बाल्ने क्रममा शिवमाया पुर्वाछाने मगरको जलेर मृत्यु भएको हो ।

५९ बर्षीया पुर्वाछानेको आज बिहान १० बजे आफ्नै घरको चुल्होमा आगो बाल्ने क्रममा जलेर मृत्यु प्रहरीले बताएको छ । आगो सल्काउने क्रममा कपडामा आगो सल्केको प्रहरीको अनुमान छ ।

कपडाबाट सल्किएको आगोले उनको शरिरमा भेट्दा घटनास्थलमा नै मृत्यु भएको हो । हाल मृतक मगरको शव परीक्षणका लागि जिल्ला अस्पताल धनकुटा पठाएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू