एक सेकेण्डले जोगाएको त्यो जिन्दगी

एक सेकेण्डले जोगाएको त्यो जिन्दगी

भारतमा तीव्र गतिका साथ गुडिरहेको रेलको ठक्करबाट एक मोटरसाइकल चालक मुश्किलले बाँचेको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । तीव्र गतिको राजधानी एक्सप्रेसको रेलले ठक्कर दिँदा उनको मोटरसाइकल पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

प्राप्त भिडियोमा राजधानी एक्सप्रेस रेलले मोटरसाइकललाई ठक्कर दिएपछि चालक र मोटरसाइकल दुबै पछारिएका थिए । तर, भाग्यवशः चालक उछिट्टएर अन्तै पुगेपछि गुडिरहेको रेलको मुनि पुग्नबाट बचेका हुन् ।

उक्त घटना फेब्रुअरी १२ का दिन मुम्बई नजिकै भएको हो । तीब्र गतिमा आएको रेलको परवाह नगरी चौबाटोबाट मोटरसाइकल अघि बढाएका चालक रेलमा ठोक्किउनुअघि नै उठेर भागेका हुन् । ज्यान धुलोपिठो हुने सम्भावनाको उक्त घटनामा उनलाई सामान्य चोट लागेको प्रष्ट छ ।

टिप्पणीहरू