बसबाट हाम्फाल्दा एक जना ठहरै, ४ घाइते

बसबाट हाम्फाल्दा एक जना ठहरै, ४ घाइते

इलाम घुम्न गएका आन्तरिक पर्यटकहरुको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । मृत्यु हुनेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–७ का ३५ वर्षीय प्रदिप कुसवाह हुन् । गम्भीर घाइते ४० वर्षीय धुरुप कुसुवाहको बी.एण्ड.सी. अस्पताल बिर्तामोडमा र अन्य सामान्य घाइते तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटना गए राति ९ बजेतिर इलाम नगरपालिका–१० को मेची राजमार्गमा भएको हो । ४४ जना सवार बस अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरु बारा जिल्लाबाट इलाम घुम्न गएका हुन् ।

ना.४ ख ६२४८ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा ठोकिएपछि मृतक कुसवाह झ्यालबाट हाम्फालेका थिए । तर हाम्फालेका कुसवाहलाई बसले च्याप्दा घटनास्थलमैं मृत्यु भएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

टिप्पणीहरू