दुर्घटना

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालक रहेनन्

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–३ भानपुर चोकमा आज ट्रकको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय अर्जुन खड्काको ज्यान गएको हो । मृतक खड्का घोराही उपमहानगरपालिका–३, कुहिरेपानीका वासिन्दा रहेको प्रहरीले जनाएको छ । आज बिहान पौने ७ बजे घोराहीबाट लमहीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९४०४ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको रा. २ प ८९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणम…

Page 87 of 96