दुर्घटना

जुस कारखानामा एकाबिहानै आगो दन्दनी

चितवनको एउटा जुस कारखानामा आज बिहान आगलागी भएको छ । रत्ननगर नगरपालिका–१० स्थित युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा आगलागी भएको हो । बिहान ५ बजे लागेको आगो नियन्त्रणमा ल्याउन निकै गाह्रो भएको स्थानीयले बताएका छन् । आगो निभाउन खैरहनीका दुई र भरतपुरको एउटा दमकल तत्काल पुगेका थिए । त्यसपछि आगो निभाउन एउटा डोजरको पनि प्रयोग गरिएको बताइन्छ । आगलागीको क्षति र कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Page 85 of 114