दुर्घटना

राजमार्गमा साइकलयात्री ठहरै

नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–८ मा ट्रकको ठक्करबाट साइकलयात्रीको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा परिचय नखुलेका अन्दाजी ५० वर्षीय पुरुषको मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारार्थ भरतपुरस्थित सरकारी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय गैंडाकोटले नियन्त्रणमा लिएको छ ।

Page 84 of 96