दुर्घटना

नहरमा पौडी खेलेका युवक डुबे

साथीसँग नहरमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ । झापाको शिवसत्ताक्षी नगरपालिका १० घर भएका २४ वर्षीय शिव जोगीको आज डुबेर निधन भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता बसन्त पाठकका अनुसार शिव आज मध्यान्हको समयमा गाउँमै रहेको दोमुखास्थित कन्काई सिचाई आयोजनाको नहरमा नुहाउन गएका थिए । दुई जना साथीसहित शिव त्यहाँ पुगेको बताइन्छ । पौडी खेल्न गएका साथीहरुभन्दा पहिले नहरमा पसेका शिवको शव डेढ किलोमिटर दक्षिणमा फेला परेको हो ।

Page 89 of 114