चट्याङ लागेर २ जना ठहरै

चट्याङ लागेर २ जना ठहरै

पश्चिम नेपालका छुटाछुटै ठाउँमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ । सुर्खेत भेरीगंगा नगरपालिका ११ साँदीखोला बस्ने ३५ वर्षीया नेकीसरा खत्री र बाँके जानकी गाउँपालिका– ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको गए राति चट्याङ लागेर ज्यान गएको हो ।

घरको छतमा निस्कने क्रममा अचानक चट्याङ लागेर अशक्त भएकी नेकीसरको मेहलकुना अस्पातालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै बाँकेका बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमालसमेत जलेर नष्ट भएको प्रहरी कार्यालय बाँकेले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू