नहरमा डुबेर बालकको मृत्यु

नहरमा डुबेर बालकको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका–७ नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुने बालक दोलखा घर भई त्रियुगा नगरपालिका–७ घर मा डेरा गरी बसेका मधुसुदन अधिकारीको छोरा लेखनाथ अधिकारी हुन ।

उनी आज दिउँसो खेल्दाखेल्दै त्रियुगा खोलाको नहरमा डुबेका थिए । बालकलाई पानीमा डुबेर अचेत भएको अवस्थामा निजकी आमाले फेला पारेकी थिइन् । त्यसपछि तत्काल उपचारको लागि उदयपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उदयपुर प्रहरीका प्रवक्ता वेदप्रसाद गौतमले बताउनु भयो ।

टिप्पणीहरू