खिरी र लाम्पातेको रुखबाट लडेर दुईको मृत्यु

खिरी र लाम्पातेको रुखबाट लडेर दुईको मृत्यु

प्रदेश नम्बर १ को मोरङ र झापाको दुई छुट्टा छुट्टै स्थानमा लडेर २ जनाले ज्यान गुमाएका छन् । हिजो दिउँसो सवा १२ बजे मोरङ मिक्लाजुङ गाउँपालिका ४ दैत्यको सिरान जंगलमा खिरीको रुख चढेर घाँस काट्ने क्रममा लड्दा सोही स्थानका ४८ बर्षीय धनबहादुर बिश्वकर्माले ज्यान गुमाएका हुन् ।

त्यसै गरी हिजै साँढे १ बजे झापा मेचिनगर नगरपालिका ३ दूधे गोलाटारका ४२ बर्षीय मेघेन्द्र बिकले पनि लाम्पातेको रुखको हाँगा झार्ने क्रममा लड्दा ज्यान गुमाएका छन् । गम्भिर घाइते भएका उनको दुर्गा प्रसाईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा हिजो बेलुका पौने ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू