बाबुले हाँकेको ट्रयाक्टर पल्टिदा छोराको मृत्यु

बाबुले हाँकेको ट्रयाक्टर पल्टिदा छोराको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका –१ रुपनीमा ट्रयाक्टर पल्टिदा एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुने बालक सोही स्थानका सत्यनारायण चौधरीका १० वर्षीय छोरा नितेश चौधरी हुन । हिजो राती ८ बजे स १ त ४२९३ नम्वबरको ट्याक्टर घर नजिकै पल्टिदा बालक चौधरी घाइते भएका थिए । उनको उपचारको क्रममा उदयपुर अस्पतालमा हिजै राती ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका मृतकका दाई १२ वर्षीय निमेश चौधरीको भने उदयपुर अस्पतालमैं उपचार भइरहेको छ ।

दुर्घटना भएको ट्रयाक्टर मृतक बालककै बाबु सत्यनारायण चौधरीले हाँकेका थिए । खेत जोतेर छोराहरुसँगै घर फर्किने क्रममा घर नजिकैको सडकमा ट्रयाक्टर अनियन्त्रित भई पल्टेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू