बस र मोटरसाइकल ठोक्किँदा एक जना बिते

बस र मोटरसाइकल ठोक्किँदा एक जना बिते

पूर्वपश्चिम राजमार्गअन्तर्गतको हेटौंडा उपमहानगरपलिका १५, मा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ । घटनामा पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ का शिवप्रसाद सुवेदीको ज्यान गएको हो ।

बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना. ६ ख ८४२५ नम्बरको बस र हेटौंडाबाट बारातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२५ प ३०८१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो ।

घटनापछि गम्भीर घाइते भएका सुवेदीलाई हेटौंडा अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू