जुत्ता उद्योगमा भीषण आगलागी

जुत्ता उद्योगमा भीषण आगलागी

झापाको मेचीनगरस्थित एक जुत्ता उद्योगमा भीषण आगलागी भएको छ । स्थानीय काँकडभिट्टामा रहेको एसएस फुटवेयरमा आगलागी भइरहेको हो ।

मेचीनगरको दमकल बिग्रिएकाले भद्रपुर र बिर्तामोडबाट दमकल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताएका छन् । उनले भारतलाई पनि दमकल पठाउन आग्रह गरेको बताए ।

आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको छ । आगालागी नियन्त्रण आउन अझै केही समय लाग्ने प्रहरीले अनुमान गरेको छ ।

टिप्पणीहरू