पोलमा ठोकिएको गाडी सडकमै गुल्टियो, चालकको अवस्था गम्भीर

पोलमा ठोकिएको गाडी सडकमै गुल्टियो, चालकको अवस्था गम्भीर

चितवनको भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको कन्टेनर बसन्तचोकमा पल्टिँदा चालक घाइते भएका छन् । प्रदेश ०३–००१–००५ ख ९९७० नम्बरको कन्टेनर आफैँ अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिँदा चालक घाइते भएका हुन् ।

अन्दाजी ३० वर्षीय चालकको अवस्था निकै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । हाल उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार अनियन्त्रित भएर ट्रक पल्टिँदा बिजुलीको दुईवटा पोलमा क्षति पुगेको छ । हाल विद्युत प्राधिकरणका कर्मचारीहरुले घटनास्थलमा पुगेर विद्युत लाइन मर्मत गरिसकेका छन् भने सडक पनि सुचारु भइसकेको छ ।

टिप्पणीहरू