मापसे गरेर चलाइएको मोटरसाइकलले भक्तपुरमा दुई जनालाई घिसार्यो

मापसे  गरेर चलाइएको मोटरसाइकलले भक्तपुरमा दुई जनालाई घिसार्यो

भक्तपुरमा मादक पदार्थ सेवन गरेर चलाएको एउटा मोटरसाइकलले बाटोमा हिँडिरहेका दुई जनालाई ठक्कर दिँद सख्त घाइते भएका छन् । चाँगुनारायण नगरपालिका ९ स्थित भट्टा पागोखानीमा आज साँझ मोटरसाइकलको ठक्करबाट उनीहरु घाइते भएका हुन् ।

प्रदेश नम्बर २–०३–०३० प ४६४७ नम्बरको मोटरसाइकलले पैदल यात्रीहरुलाई ठक्कर दिएपछि घाइतेहरुलाई भक्तपुर अस्पताल लगिएको थियो । मोटरसाइकल चालक चाँगुनारायण नगरपालिका ९ ताथली बस्ने वर्ष ३२ को सत्यनारायण गिरीले मापसे सेवन गरेको प्रहरीले बताएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकामा बाराको जितपुर उपमहानगरपालिका १० घर भई हाल ताथली बस्ने वर्ष ४० को शम्भु लालदास हुन् । उनको दायाँ खुट्टा दायाँ हात र टाउको पछाडि भित्री चोट लागेको बताइन्छ ।

त्यसैगरी ९ ताथली बस्ने वर्ष ५० का रामप्रसाद साखकमीको बायाँ घुँडा र कानमा चोट लागेको उनका छोरा राजीव साखकमीले बताएका छन् ।

टिप्पणीहरू