बेमौसमी हावाहुरीमा ३ जनाको ज्यान गयो

बेमौसमी हावाहुरीमा ३ जनाको ज्यान गयो

हावाहुरीमा परेर मधेश प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रूख ढल्दा धनुषामा दुई बालबालिका र रौतहटमा घरले थिचेर एक महिलाको ज्यान गएको छ ।

धनुषाको सबैला नगरपालिका १२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यसैगरी रौतहटको बौधीमाई नगरपालिका १ स्थित ईंटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लमा हिजो रातिदेखि नै ठूलो हावाहुरी चलेको थियो । आज दिउँसोदेखि त्यहाँ पनि ठूलो वर्षा भएको छ ।

टिप्पणीहरू