अपराध

निर्वाचन प्रक्रिया थालनीसँगै गोरखामा हतियार आतंक

गोरखामा तीन थान अवैध बन्दुक र २४ थान गोली बरामद भएको छ । प्रहरीले भरुवा बन्दुक,सट गन तथा त्यसमा प्रयोग हुने २४ थान गोली र गोलीको खोका फेला पारेको छ । बारपाक सुलिकोट गाउँपालिकाका तीन जनालाई हतियार र गोलीसहित पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले,६० वर्षीय माइला घले र वडा नम्बर २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् । उनीहरुलाई पक्रेर आवश्यक अनुुसन्धान थालिएको जानकारी प्रहरीले दिएको छ ।

Page 203 of 262